Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

१ टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा, मूल्य २ लाख ३५ हजार रुपैयाँ

१ टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा, मूल्य २ लाख ३५ हजार रुपैयाँ

images

इच्छाकामना न्युज

२, बैशाख २०८२
१ टीबी स्टोरेज भएको सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा नेपाली बजारमा, मूल्य २ लाख ३५ हजार रुपैयाँ
images

काठमाडौँ । सामसङ नेपालले नेपाली नयाँ वर्षको अवसर पारेर ग्यालेक्सी एस२५ अल्ट्रा १ टीबी स्टोरेज भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस भेरियन्टमा उच्च क्षमताको स्टोरेजसँगै एआई विशेषता र सहज मल्टिटास्किङ सुविधा छ ।

सामसङको एआई-फस्ट प्लेटफर्म वन यूआई सेभेनमा आधारित यो फोनले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि प्रयोगकर्तालाई सहज बनाउने कम्पनीको दाबी छ ।

स्मार्टफोनमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ मार्फत दैनिक सूचना र सार संक्षेप उपलब्ध गराउने, ‘सर्कल टु सर्च’ सुविधा, कल ट्रान्सक्रिप्ट तथा समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता सुविधा छन् ।

सामसङका अनुसार यो भेरियन्ट बुधबारदेखि देशभरका आधिकारिक स्टोरमार्फत खरिद गर्न सकिनेछ  । टाइटानियम सिल्भरब्लु र टाइटानियम ग्रे रंगमा उपलब्ध फोनको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ । यसमा तपाईँले १२ जीबी र्‍याम पाउन सक्नुहुन्छ ।

सामसङ इन्स्टाफाइनान्स सेवाअन्तर्गत यो फोन ११ हजार ७५० रुपैयाँको किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिन्छ । एक वर्षको लागि एकपटक ब्रेकेज इन्स्योरेन्ससमेत उपलब्ध छ । साथै पुरानो मोबाइल साटेर नयाँ एस२५ सिरिज लिन सकिने सुविधा ‘सबकोफोन’ र ‘अर्कोस्टोर’ मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

images
प्रकाशित मिति :बैशाख २, २०८२ मंगलवार - २३:२१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology