Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युक्रेनको उत्तरपूर्वी शहरमा रुसी आक्रमणः मृत्यु हुनेको संख्या ३४ पुग्यो, सयौँ घाइते

युक्रेनको उत्तरपूर्वी शहरमा रुसी आक्रमणः मृत्यु हुनेको संख्या ३४ पुग्यो, सयौँ घाइते

इच्छाकामना न्युज

१, बैशाख २०८२
युक्रेनको उत्तरपूर्वी शहरमा रुसी आक्रमणः मृत्यु हुनेको संख्या ३४ पुग्यो, सयौँ घाइते
images

एजेन्सी – युक्रेनको उत्तरपूर्वी शहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 

images
images

मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेका छन् । आक्रमणमा परी अन्य ११७ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घाइतेहरूमा १० जना बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय सञचार माध्यमले जनाएका छन् । 

घटनास्थलमा उद्धारकर्मीहरूले भग्नावशेष हटाउने काम गरिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  आक्रमण ‘पाम सन्डे’ को दिन भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले युद्ध अन्त्यका लागि रुसमाथि अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताएका छन् । 

यसअघि अप्रिलको शुुरुमा युक्रेनको क्रिभी रिह शहरमा भएको आक्रमणमा १८ जनाको मृत्यु भएको थियो । रुसले हालै सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको दाबी गरेको छ । युद्धको सुरुआतमा पनि रुसले यही क्षेत्रबाट आक्रमण थालेको थियो तर पछि युक्रेनी सेनाले केही भागहरू फिर्ता लिएको थियो ।

images
प्रकाशित मिति :बैशाख १, २०८२ सोमवार - ०९:१६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology