Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु

चितवनमा ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु

images

इच्छाकामना न्युज

२८, चैत्र २०८१
चितवनमा ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु
images

चितवन, चैत २९ । युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो ।

नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । स्थानीयस्तरमा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा रोजगारीको अवसर सृजना गर्न सहज हुने उहाँको भनाइ थियो ।

सो अवसरमा मेडइन भरतपुरको लोगोसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, भरतपुर महानगरपालिका–१ का वडाअध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चेम्बर अर्फ कमर्सका उपाध्यक्ष रुविन रामुदामु, युवा उद्यमी निकोलस पाण्डे, निशान पौडेललगायतले स्वदेशी उत्पादनको सम्मान गर्ने र नेपाली स्वाभिमान कायम गर्न सकेमा यहाँ उत्पादित सामानले बजार पाउन सहज हुने बताउनुभयो ।

वैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने मेलाले नेपाली उत्पादनको पहिचान, गुणस्तर र प्रभावलाई आमजनमानसमा प्रभाव दिने विश्वास लिइएको छ । मेला हरेक दिन बिहान १०ः०० देखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । साँझ ५ः०० देखि ९ः०० बजेसम्म ‘ग्राण्ड फुड फेस्टिभल’ हुने छ । एक्स्पोमा एक सय १० भन्दा बढी स्टल छन् ।

images
प्रकाशित मिति :चैत्र २८, २०८१ शुक्रवार - २२:५५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology