भरतपुर, चैत २९ । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज(शुक्रबार) दिउँसो एक बजे भरतपुर महानगरपालिका २५ स्थित छाताचोकमा ना ५१ प २०४० नम्बरको मोटरसाइकल र बा.प्र.०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भरतपुर २७ का ३९ वर्षिय टेक बहादुर पुलामी मगरको मृत्यु भएको हो ।
गम्भिर घाइते भएका मगरको उपचारका क्रममा पुरानो मेडिकल कार्यालय भरतपुरमा १ः५० मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै सो मोटरसाइकल दुर्घटनामा परि अन्य चार जना गम्भिर घाइते भएका छन् ।