Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनका २३ योजना प्रधानमन्त्रीलाई बुझाइयो

चितवनका २३ योजना प्रधानमन्त्रीलाई बुझाइयो

images

इच्छाकामना न्युज

२८, चैत्र २०८१
चितवनका २३ योजना प्रधानमन्त्रीलाई बुझाइयो
images

 चितवन,  चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष चितवनका राजनीतिक अगुवाहरूले आवश्यक २३ वटा योजना बुझाएका छन् । तत्काल गर्नुपर्ने १५ र दीर्घकालीनमा गर्नुपर्ने आठ गरी २३ वटा योजना प्रधानमन्त्री ओलीलाई सत्ता साझेदार काँग्रेस र एमालेबाट गएका प्रतिनिधि मण्डलले बिहीबार साँझ भेटी चितवनको विकास योजना प्रस्तुत गर्दै आर्थिक विर्ष २०८२-०८३ को योजनामा पार्न माग समेत गरेका छन् ।   

 यो भेटमा प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ  । “हामीले प्रधान मन्त्रीलाई चितवनको विकासकालागि दीर्घकालीन र अल्पकालीन योजना प्रस्तुत गरेका छौँ उहाँले सरकारको योजनामा पारेर चितवनको विकास गराउने विश्वास दिलाउनु भएको छ”, प्रतिनिधि मण्डलका प्रतिनिधि मध्येका एक नेपाली  काँग्रेस चितवनका सभापति  राजेश्वर खनालले भन्नुभयो ।

प्रतिनिधि मण्डलमा सहभागी नेकपा एमालेका अध्यक्ष कमल पाठक प्रधानमन्त्री ओली चितवनका विकासमा चिन्तित रहनु भएको  बताउनु भयो । 

“अहिले पनि सङ्घीय सरकारको बजेटमा चितवनमा चार लेन सडक सहित ठुला ठुला योजना कार्यान्वयन छन् । अव पनि दीर्घकालीन असर पार्ने ठुला योजना अघि सार्ने कुरामा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ”, उहाँले भन्नुभयो ।  प्रतिनिधि मण्डलमा चितवनबाट निर्वाचित दुवै दलका जिल्लाका प्रमुख नेताहरूको सहभागिता थियो । 

images
प्रकाशित मिति :चैत्र २८, २०८१ शुक्रवार - ०७:३१:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology