Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भरतपुरमा ९ महिनामा ९३ वटा आगलागीका घटना नियन्त्रण

भरतपुरमा ९ महिनामा ९३ वटा आगलागीका घटना नियन्त्रण

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
भरतपुरमा ९ महिनामा ९३ वटा आगलागीका घटना नियन्त्रण
images

भरतपुर । हिउँद लागेसँगै वनजगंलमा लाग्ने आगलागी र डढेलोको प्रकोप दिनप्रतिदिन बढदो क्रममा रहेको छ । सुक्खा खडेरी र प्रतिकुल मौसमका कारण आगलागीका घटना बढदै गएको देखिन्छ । हिउँदबाट सुरु भएको आगलागी वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहन्छ ।

चितनवको भरतपुर महानगरपालिकाले आगलागीका घटना हुन नदिन र यसबाट बच्न र बचाउन भन्दै सजगता अपनाएको छ । महानगरपालिकाले अहिले दुइ स्थानबाट आगलागी नियन्त्रणको प्रयास गर्दै आइरहेको छ । महानगरपालिकामा रहेका दमकलको सहायताबाट चालु आर्थिक वर्षको साउन देखि हालसम्म अर्थात चैत २७ गतेसम्म ९३ वटा आगलागीका घटनाहरुलाइ नियन्त्रणमा लिएको जनाएको छ । जस अन्तर्गत महानगरबाट ६७ वटा र वडा नं २० चनौलीमा रहेको बरुणयन्त्रको सहायताबाट २६ वटा आगलागीका घटनाहरुलाइ नियन्त्रणमा लिएर काम गरिसकेको छ । महानगरले अहिले तिन वटा दमकल परिचालन गरिरहेको छ ।

विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासहरु मार्फत आमनागरिकलाइ सचेत बनाइएको बताए । अधिकृत थपलियाका अनुसार अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाइतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रणद्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डरबाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गरिएको छ ।

भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण कार्यमा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा महानगर रहेको थपलियाको भनाइ छ ।

उनले आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा सबै जना सचेत हुन आवश्यक रहेको पनि बताए ।

महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले साना ठूला सबै आगलागीका घटनाहरुमा महानगरसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्णमा ल्याउने गरिएको बताए । कहीँ कतै आगलागी हुने बित्तिकै बरुणयन्त्र शाखाको हटलाइन नम्बरमा फोन आउँछ अधिकृत रेग्मीले भने अनि महानगरका सबै साधन स्रोत र जनशक्ति हामीले परिचालन गर्छौ ।

बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्येनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकारवाला निकायहरुको समन्वयमा महानगरपालिकाले काम गर्दै आइरहेको छ ।

नेपालमा आगलागीमा परेर बर्षेनी सयौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको र झन्डै दुइ अर्व रुपैयाँ भन्दा धेरैको भौतिक क्षति हुने गरेको गृह मन्त्रालयको तथ्याकंमा उल्लेख छ । बर्षेनी डढेलोको कारण हजारौं हेक्टर बनक्षेत्र बिनास समेत हुने गरेको मन्त्रालयको तथ्याकंले देखाउछ । अक्सिजन र इन्धनसगँ घर्षण वा ताप मिसिँदा हुने रासायनिक प्रतिक्रयाबाट उत्पन्न हुने तापिय शक्ति नै आगो हो ।

नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांकका अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ र बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - २१:४०:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology