Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

नाइट क्लबको छाना भत्किँदा कम्तीमा ११३ जनाको मृत्यु

नाइट क्लबको छाना भत्किँदा कम्तीमा ११३ जनाको मृत्यु

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
नाइट क्लबको छाना भत्किँदा कम्तीमा ११३ जनाको मृत्यु
images

काठमाडौँ । डोमिनिकन गणराज्यको राजधानी सान्तो डोमिङ्गोस्थित एक नाइट क्लबको छाना भत्किँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमध्ये सन् २०१३ मा सन्यास लिएका चर्चित बेसबल खेलाडी क्टाभियो डोटेल सहित एल अफ्रिकानो र लास आविस्पास जस्ता चर्चित गीत गाएका डोमिनिकन गायक रुवी पेरेज पनि रहेका छन् ।

मंगलबार बिहान रुवी पेरेजको लाइभ कन्सर्टका क्रममा क्रममा जेट सेट भनिने नाइट क्लबको छानो भत्किदा यो घटना भएको हो । भग्नावशेषमा अझै धेरै पुरिएको हुनसक्ने आशंका गरिएको छ । रातको १ बजेतिर पूरै क्लब भरिभराउ भएका बेला घटना भएको जनाइएको छ । अझै पनि ४ सयभन्दा बढी उद्दारकर्मीहरू पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिने विश्वासका साथ खोजीमा जुटेका छन् । मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

उक्त कन्सर्टमा राजनीतिज्ञ, खेलाडी तथा अन्य विशिष्ट व्यक्तिहरू पनि सहभागी भएकाले मृतक मध्ये धेरै उच्च पदस्त व्यक्तिहरु भएको जनाइएको छ ।

राष्ट्रपति लुइस रोडोल्फो एबिनाडेरले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - २१:३४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology