Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

images

इच्छाकामना न्युज

२६, चैत्र २०८१
प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ
images

काठमाडौँ । नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य,  सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ । 

whatsapp-image-2025-04-09-at-06.55.55_bb26caf3_EtPZDlmcxg.jpg

कैलालीकै टिकापुर नगरपालिका ९ खक्रौला  चेक पोष्ट नजिकबाट टिकापुर १ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

whatsapp-image-2025-04-09-at-06.51.44_4debee8d_tc5K9p2Ehq.jpg

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका स्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरी टोलीले  जिल्ला कैलाली धनगढी उपमहानगरपालिका  ६ बस्ने विवेक राना,  आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट ६६० मिलिग्राम लागु औषध  फेला परेपछि उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका १९ का रोहित बोगटी र लोकेन्द्र खड्का  ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम लागु औषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :चैत्र २६, २०८१ बुधवार - ०९:१०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology