Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

इच्छाकामना न्युज

२५, चैत्र २०८१
पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना
images

काठमाडौं । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासन अस्पताल लगेको हो । कारागार प्रशासन स्रोतका अनुसार उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा जाँचका लागि लगिएको छ ।

images
images

अहिले उनको स्वास्थ्य जाँच र उपचारको काम भइरहेको बताइएको छ । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको पनि कारागार प्रशासनले जनाएको छ । उनलाई कस्तो स्वास्थ्य समस्या हो भन्नेबारे केही खुलाइएको छैन ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई रुपेन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा बस्दै आएका छन् ।

उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी ठगीमा मुद्दा दायर भएको थियो । यी सहकारीमा भने उनी धरौटीमा छुटेका थिए ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - २२:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology