Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाडौं लगातार विश्वकै सबैभन्दा प्रदूषित सहर : हावा सास फेर्नयोग्य रहेन, सबै उमेर समूह जोखिममा

काठमाडौं लगातार विश्वकै सबैभन्दा प्रदूषित सहर : हावा सास फेर्नयोग्य रहेन, सबै उमेर समूह जोखिममा

images

इच्छाकामना न्युज

२५, चैत्र २०८१
काठमाडौं लगातार विश्वकै सबैभन्दा प्रदूषित सहर : हावा सास फेर्नयोग्य रहेन, सबै उमेर समूह जोखिममा
images

काठमाडौँ । उपत्यका पछिल्ला दिनहरूमा फेरि वायु प्रदूषणको चपेटामा परेको छ । आज बिहान ९ बजेको मापन अनुसार, काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) ३०९ पुगेको छ, जसले गर्दा काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर बनेको हो ।

प्रदूषणको सूचिमा भारतको राजधानी दिल्ली १८४ एक्यूआईसहित दोस्रो स्थानमा छ भने, पाकिस्तानको लाहोर १८१ एक्यूआईसहित तेस्रो स्थानमा परेको छ । स्वास्थ्य विज्ञहरुका अनुसार हाल काठमाडौँको हावा मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्थामा पुगेको छ । केही दिनअघि चलेको हावाले प्रदूषण अलिकति घटाएपनि स्थिति अझै गम्भीर नै छ ।

विगत लामो समयदेखि पानी नपरेको र उपत्यका वरिपरिको जंगलमा लागेको डढेलोका कारण धुलो र धुँवाले आकाश ढाकिएको छ । यही कारणले वायु गुणस्तर अत्यधिक बिग्रिएको विज्ञहरुको निष्कर्ष छ । विश्व स्वास्थ्य संगठनका अनुसार, स्वास्थ्यका लागि एक्यूआई ३५ भन्दा कम हुनु उपयुक्त हो ।

  • ५० सम्मको AQI सामान्य मानिन्छ
  • ५१-१००: सजग रहनुपर्ने संकेत
  • १०१-१५०: दम र मुटुका रोगीलाई असर
  • १५१-२००: अस्वस्थकर
  • २०१-३००: अत्यन्तै अस्वस्थ
  • ३०१-४००: खतरनाक
  • ४०१-४५०: अति खतरनाक

काठमाडौँको अहिलेको एक्यूआई (३०९) ‘खतरनाक’ स्तरमा पर्छ, जुन सबै उमेर समूहका मानिसहरूका लागि जोखिमपूर्ण मानिन्छ ।

स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई सजग रहन आग्रह गर्दै सकेसम्म बिहान र साँझ घर बाहिर ननिस्कन सुझाव दिएको छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई अत्यधिक सावधानी अपनाउन अनुरोध गरिएको छ । २०७६ सालमा बनाइएको वायुगुणस्तर व्यवस्थापन कार्ययोजना अनुसार, यदि काठमाडौँको एक्यूआई ३०० भन्दामाथि पुग्यो भने त्यसलाई विपद् को अवस्था मानेर आपतकालीन कदम चालिनुपर्ने व्यवस्था छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०८१ मंगलवार - ०९:५३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology