Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

images

इच्छाकामना न्युज

२१, चैत्र २०८१
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
images

२२ चैत, विराटनगर । पाँचथरमा वनमा आगलागी हुँदा  एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतक र घाइते एकै परिवारका हुन् ।

पाँचथरको कुम्मायक गाउँपालिका- ३ मा रहेको निजी वनमा आगलागी हुँदा घाँस दाउरा गर्न गएकी कुम्याक-३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो ।

आगलागीमा परी ६० वर्षीया निरमाया सम्वाहाम्फे, उनकी छोरी २८ वर्षीया सपना सम्वाहाम्फे, सपनाकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे गम्भीर  घाइते भएका हुन् । मृतक युवती निरमायाको नातिनी हुन् ।

पाँचथर प्रहरी प्रमुख डीएसपी कौशलकुमार बुढाथोकीका अनुसार पहाडमा माथि घाँस दाउरा गरिरहेका बेला  तलबाट आगलागी सुरु भएको थियो । भाग्ने ठाउँ नभेटेपछि आगोमा चार जना परेको उनले बताए ।

घाइतेकाे  बिहीबार दिउँसो प्रहरीले उद्धार गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको उनले बताए । धरानमा उपचारका क्रममा बिहीबार राति प्रतिमाको मृत्यु भएको हो । अन्य तीन जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । आगलागी भएको निजी वन सोही स्थानका अमर थापा र पदम खड्कालगायतको हो ।

images
प्रकाशित मिति :चैत्र २१, २०८१ शुक्रवार - ०९:२८:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology