आँबुखैरेनी, २१ चैत्र । आँबुखैरेनी गाउँपालिका वडा नं. ५ को कार्यालयले वडाका कृषकहरुलाई उन्नत जातका मकै बिउ बितरण गरेको छ ।
कृषकहरुको घरदैलोमा गएर छिम्केश्वरी कृषक समुहमा आबद्ध २५ घरधुरिलाई मनाकामना जातका मकै बिउ बितरण गरिएको हो ।
भुगोल सुहाउदो उत्पादन बढाउनको लागि वडाका कृषकहरुलाई उन्नत जातका मकैको बिउ बितरण गरिएको वडा नं. ५ का वडाध्यक्ष सन्तोष गुरुङ्गले जानकारी दिए ।
क्षेत्रमा मकैखेती हुँदै आए पनि परम्परागत बीउबिजन भएका कारण कृषकले चाहेजस्तो मकै उत्पादन गर्न सकेका थिएनन् ।