आँबुखैरेनी, १८ चैत्र । कन्यादेवी माध्यमिक विधालय आँबुखैरेनी–६, हिलेखर्क तनहुँले आज बृहत अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यालय व्यवस्थाप समितीका अध्यक्ष प्रविण गुरुङ्गको सभापतित्व, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडाअध्यक्ष दिलिप गुरुङ्गको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
“गाउँ बचाउन विधालय जोगाऔ ” भन्ने मुल नाराका समग्र शैक्षिक सुधारका लागि बिधालय प्राङ्गणमा विभिन्न सरोकारवाला र अभिभावकहरुबीच बृहत अन्तक्रिया कार्यक्रम गरिएको विधालयका प्रधानाध्यापक सुर्यमान गुरुङले जानकारी दिनुभयो ।
उक्त अन्तक्रिया कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले गाउँ खाली हुनुको मुख्य कारण विद्यालय भएको बताउदै विद्यालय बाँकी रहेन,भने एक दिन गाउँको अस्तित्व समाप्त हुने बताउनभयो ।
अध्यक्ष चुमानले गाउँको विद्यालयमा दिनानुदिन विद्यार्थीहरु संख्या घट्दै गएर शहर केन्द्रित हुदै गएकोले आउँदो बैशाखमा बाहिर गएका ५० जना भन्दा बढी विद्यार्थीलाई गाउँ फर्काउन सकिएन भने विद्यालय र गाउँका लागि गरिएका जुन सुकै विकाश निर्माण कार्यहरु बेर्थ हुने बताउनुभयो ।
अहिले गाउँपालिका सामुदायिक विद्यालयको शैक्षिक सुधारका निम्ति पहिलो प्राथमिकताका साथ लागि परेको र यस अभियानमा साथ सहयोग गर्नुहुन अध्यक्ष चुमानले वडा नं. ५ र ६ का वडाबासी लगाएत सम्पुर्ण आँबुखैरेनीबासीलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा वडाअध्यक्ष दिलिप गुरुङ्ग, विद्यालय व्यवस्थाप समितीका अध्यक्ष प्रविण गुरुङ्ग, विधालयका प्रधानाध्यापक सुर्यमान गुरुङ, विद्यालयका सहायक प्रधानाध्यापक खेमराज गुरुङ्ग, नवज्योति परिबाल क्लबका अध्यक्ष भुपाल गुरुङ्ग, पर्यटन व्यवसायी कुमार गुरुङ्ग, शिक्षिक पार्वती अधिकारी लगाएतकाले मन्तव्य राखेका थिए ।