मुग्लिन, १२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित इच्छाकामना सिद्धबाबा मन्दिर संरक्षण समितिका अध्यक्ष राम प्रसाद बोहोराले आफ्नो जन्मदिनको अवसरमा झण्डै ६ सय विद्यार्थीलाई खाजा खुवाएका छन्। अध्यक्ष बोहोराले आफ्नो जन्मदिनको अवसरमा इच्छाकामना गाउँपालिका ५ का ३ वटा विद्यालयका झण्डै ६ सय विद्यार्थीलाई खाजा खुवाएका हुन्।
उनले इच्छाकामना गाउँपालिका ५ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय पामडाडा, राष्ट्रिय आधारभुत विद्यालय तामिन र त्रिवेणी बराह माध्यामिक विद्यालय मुग्लिनका विद्यार्थीहरुलाई खाजा खुवाएको बोहोराले बताए।