Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जन्मदिनको अवसरमा डा.अधिकारीले गरे विपन्न कोषलाई सहयोग

जन्मदिनको अवसरमा डा.अधिकारीले गरे विपन्न कोषलाई सहयोग

इच्छाकामना न्युज

१२, फाल्गुण २०७७
जन्मदिनको अवसरमा डा.अधिकारीले  गरे  विपन्न कोषलाई सहयोग
images

चितवन,फागुन,१२।भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले आफ्नो ४० औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गरेका छन् । अस्पतालमा आज आयोजित एक कार्यक्रममा उनले अस्पताल विकास समितिको नेतृत्व सम्हालेको ११ महिनाको बैठक भत्ता, यातायात खर्च, खाजा खर्चबापत जम्मा भएको रकम अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.वासुदेव पाण्डेलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अधिकारीले ३६ हजार २५० कोषका लागि हस्तान्तरण गरे । सो अवसरमा उनले विपन्न नागरिकको उपचारमा सधैँ लागिपर्ने भन्दै सक्दो सहयोगका लागि सधैँ तयार रहेको बताए । जिल्लामा चिकित्सकका रूपमा परिचित अधिकारीले सबै नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्दै आफूले पनि स्वास्थ्य परीक्षण गरेको बताए ।

images
images

 

images
प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - २२:०२:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology