Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भरतपुर वितरण केन्द्रका हाकिममाथि भएको सांघातिक आक्रमणको कर्मचारी संगठनको विरोध

भरतपुर वितरण केन्द्रका हाकिममाथि भएको सांघातिक आक्रमणको कर्मचारी संगठनको विरोध

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
भरतपुर वितरण केन्द्रका हाकिममाथि भएको सांघातिक आक्रमणको कर्मचारी संगठनको विरोध
images

चितवन, चैत १३ । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी संगठनले बुधबार भरतपुर वितरण केन्द्रका हाकिममाथि भएको सांघातिक आक्रमणको विरोध गरेका छन्।
नेविप्रा कर्मचारी कल्याण परिषद् र नेविप्रा राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष श्रीप्रसाद आचार्य र वरिष्ठ उपाध्यक्ष भुमिनन्द अर्यालले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन्।

उनीहरुले घटनामा संलग्नलाई सत्यतथ्य छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्। कारबाही नगरिए ट्रेड युनियन ऐन र नियमावलीअनुसार आन्दोलित हुन बाध्य हुने उनीहरुले जनाएका छन्। उक्त केन्द्रमा ११ गते करिब १२ बजे डिजिटल बोर्ड ह्याक भई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गाली प्रसारण भएको थियो। सोसँगै एक समूहले केन्द्र प्रमुख रामु श्रेष्ठको कार्यकक्षमा तोडफोड गर्दै उनलाई समेत कुटपिट गरेको थियो।


 

 
 

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:५९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology