Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

‘तमासा’सँगै सकियो अन्तर्राष्ट्रिय नाट्य महोत्सव

‘तमासा’सँगै सकियो अन्तर्राष्ट्रिय नाट्य महोत्सव

images

इच्छाकामना न्युज

१२, चैत्र २०८१
‘तमासा’सँगै सकियो अन्तर्राष्ट्रिय नाट्य महोत्सव
images

तुलमान गुरूङ

नारायणघाट । नारायणी कला मन्दिरमा आयोजित तीनदिने ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सकिएको छ । मङ्गलबार साँझ भारतीय नाटक ‘तमासा’को मञ्चनसँगै नाट्य महोत्सव सकिएको हो । कर्मी चौतारी, तरङ्ग नाट्य समूह र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा लिथुवानीया, स्पेन, इरान, भारत, जापान र नेपालसहित छ राष्ट्रको छ वटा नाटक मञ्चन गरिएको थियो । यस महोत्सवले चितवनमा नाट्य विधाको सम्भावना बलियो देखाएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । चितवनमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरेर इतिहास रच्ने काम भएको कलाकारसमेत रहेका पुष्प आचार्यले बताए ।

देशबाहिरको नाटक पनि कला मन्दिरको मञ्चमै देख्न पाइने मौका यसअघि नभएको भन्दै पहिलोपटक आयोजना गरिएको महोत्सवले विदेशी नाटकमात्र नभई नेपाली नाटकलाई समेत विदेशीसामु मञ्चन गर्ने मौका पाएको उनले बताए । ‘नाटकमा रचनात्मकताको भूमिकालाई अग्रणी भागमा राखेर हेरिन्छ,’ उनले भने, ‘विदेशमा मञ्चन हुने नाटक यहीँ हेर्न पाउँदा उहाँहरुको अनुभव, प्रयोग र प्रस्तुति नियाल्न पाउँछौँ, जसले हाम्रो रचनात्मकताको क्षितिजलाई अझै विराट बनाउन मद्दत पुग्ने छ ।’

छोटो समयको तयारीमा पनि नाटक महोत्सव सोचेभन्दा राम्रो भएको महोत्सवका संयोजक देवकुमार श्रेष्ठले बताए । ‘चितवनमा पनि नाटकको बजार राम्रो भएको बुझिन्छ,’ उनले भने, ‘नाटक हेर्न लागेको दर्शकको ओइरो र दर्शकबाट प्राप्त प्रतिक्रियाले पनि महोत्सव सफल भएको हामीले महसुस गरेका छौँ ।’ यसबाट आगामी संस्करण आयोजना गर्नको लागि पनि थप बल पुगेको उनले बताए ।

आयोजनाको परिकल्पनाभन्दा पनि माथिल्लो तहमा महोत्सव सम्पन्न भएको महोत्सवका निर्देशक अञ्जान प्रदीपले दाबी गरे । महोत्सव हेर्न कला मन्दिरको हल खचाखच भरिएको थियो । तीनै दिन दर्शकको चाप उस्तै भएपछि यसबाट अब चितवनमा नाट्य संस्कृतिको विकाससँगै कलाकार उत्पादन र रङ्गमञ्च निर्माणमा राज्य तथा सरोकारवाला सबै पक्षको ध्यान खिचेको महसुस भएको उनको भनाइ छ ।

नाटक हेर्न चितवनमा बसेर चलचित्र निर्माण गर्दै आएका पुराना निर्माता एवम् गायक, सङ्गीतकार रामप्रसाद श्रेष्ठ, कवि, लेखक, साहित्यकार, विद्यार्थी, शिक्षक, व्यवसायी, पत्रकारलगायत उल्लेख्य उपस्थिति थियो ।

 

images
प्रकाशित मिति :चैत्र १२, २०८१ बुधवार - २१:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology