Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इजरायली आक्रमणपछि हमासले गर्‍यो जवाफी कारबाही

इजरायली आक्रमणपछि हमासले गर्‍यो जवाफी कारबाही

इच्छाकामना न्युज

७, चैत्र २०८१
इजरायली आक्रमणपछि हमासले गर्‍यो जवाफी कारबाही
images

तेल अभिभ । हमासले इजरायलको तेल अभिभलाई निशाना बनाएर तीनवटा रकेट प्रहार गरेको छ । इजरायलले गाजामा आफ्नो सैन्य आक्रमण पुनः सुरु गरेपछि हमासको यो पहिलो प्रतिशोधात्मक आक्रमण हो । आक्रमणको जानकारी हमास आफैँले दिएको हो । 

images
images

तर, ती तीनवटा क्षेप्यास्त्रमध्ये एउटालाई रोकेको र बाँकी क्षेप्यास्त्रहरू कोही पनि नबस्ने ठाउँमा खसेको इजरायलले बताएको छ । हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारदेखि इजरायलले पुनः युद्ध सुरु गरेयता कम्तीमा ५९१ जनाको मृत्यु भइसकेको छ । मर्नेमध्ये २०० भन्दा बढी बालबालिका भएको मन्त्रालयको भनाई छ । 
 

प्यालेस्टिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार बताएको थियो । जनवरीमा इजरायल र हमासबिच युद्धविराम सुरु भएयता ठुलो मात्रामा सैन्य कारबाहीबाट केही राहत मिलेको थियो । 

तर यी आक्रमणहरू पछि अवस्था पहिलेकै जस्तो बनेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएकोर यीमध्ये २४ जना जीवित रहेको अनुमान इजरायलको छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०८१ शुक्रवार - १०:३५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology