Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

खैरहनीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा सात जना घाइते

खैरहनीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा सात जना घाइते

images

इच्छाकामना न्युज

७, चैत्र २०८१
खैरहनीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा सात जना घाइते
images

चितवन, चैत ८। चितवनको खैरहनी नगरपालिका–४ कंकाली टोलमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा सात जना घाइते भएका छन् ।

 बिहान ९ः५० बजे कंकाली टोलको भित्री बाटोबाट आउँदै गरेको ना २ प ७४१ नम्बरको मोटरसाइकल र पिठुवाबाट गोठेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ३३७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किई शिवालय चोकबाट वडा कार्यालय तर्फ जादै गरेको नम्बर प्लेट नभएको अन टेस्ट मोटरसाइकलसंग ठोक्किएको प्रहरी चौकी चैनपुरले जानकारी दिएको छ ।
 

दुर्घटनामा परी घाइते भएकाहरुको भरतपुरको एलाइभ अस्पतालमा उपचार भएको छ ।

घाइते हुनेहरुमा ना २ प ७४१ नम्बरको मोटरसाइकल चालक कालिका नगरपालिका–२ बस्ने वर्ष ६९ को उदय बहादुर बाँनिया, सोहि मोटरसाइकल पछाडि सवार खैरहनी–४ बस्ने वर्ष २८ की सरस्वती थिङ अधिकारी, उनको छोरा वर्ष ६ को सन्देश अधिकारी र देउरानीकी छोरी बर्ष ५ की सजिता अधिकारी रहेका छन् ।

त्यस्तै, बागमती प्रदेश ०३–००३ प ३३७२ नम्बरको मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१५ बस्ने वर्ष ४० को देविन्द्र न्यौपाने र अन टेस्ट मोटरसाइकल चालक खैरहनी–४ बस्ने वर्ष ४६ को राजेन्द्र गिरि र सोहि मोटरसाइकल पछाडि सवार निजको छोरा वर्ष ६ को आयुष गिरी रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र ७, २०८१ शुक्रवार - १०:२७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology