Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

खैरहनीको वडा कार्यालयले दियो २१ विद्यार्थीलाई ल्यापटप

खैरहनीको वडा कार्यालयले दियो २१ विद्यार्थीलाई ल्यापटप

images

इच्छाकामना न्युज

६, चैत्र २०८१
खैरहनीको वडा कार्यालयले दियो २१ विद्यार्थीलाई ल्यापटप
images

चितवन ।  खैरहनी नगरपालिका–१३ ले सामुदायिक विद्यालय गवै माविमा कक्षा ११ मा अध्ययनरत २१ जना विद्यार्थीलाई ल्यापटप दिएको छ ।

वडा कार्यालयको बजेटबाट विद्यार्थीलाई ल्यापटप उपलब्ध गराएको वडाध्यक्ष कुलप्रसाद भुषालले बताए ।

वडा कार्यालयले ल्यापटप खरिदका लागि १० लाख रुपैयाँ बजेट छुट्याएकोमा टेण्डरबाट आठ लाख रुपैयाँमा ल्यापटप खरिद गरी वितरण गरेको उनको भनाइ छ ।

कक्षा ११ मा पढ्नेमध्ये १४ जना छात्रा र सातजना छात्र छन् । ‘सामुदायिक विद्यालयमा सरकारले लगानी गर्नुपर्दछ । किन कि अलि आर्थिक अवस्था कमजोर भएकाहरु नै त्यहाँ पढ्न आउने हुन् । सूचना प्रविधिको जमानामा यस विषयमा विद्यार्थीलाई कसरी अभ्यस्त गराउन सकिन्छ भन्ने सोचले वडा कार्यालयले सहयोग गरेको हो’, वडाध्यक्ष भुषालले भने ।

प्रायसँग कम्प्युटर चलाउन सक्ने आधारभूत ज्ञान भएको र नसक्ने भएमा तालिमको व्यवस्थासमेत गर्ने भुषालले बताए । गवै माविमा प्रधानाध्यापक ऋषिप्रसाद खनालले विद्यार्थीलाई गरेको लगानीको राम्रो प्रतिफल निस्कने बताए ।

वडा कार्यालयले तीन वर्षदेखि गवै माविमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति र स्नातक पढ्ने वडाभित्रका १९ जना छात्रालाई जनही १० हजार पाँच सय रुपैयाँ छात्रवृत्ति दिँदै आएको छ ।

images
प्रकाशित मिति :चैत्र ६, २०८१ बिहिवार - २०:५८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology