Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता

एजेन्सी

३, चैत्र २०८१
नेपालको भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता
images

पोखरा । नेपालको हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको छ ।

images
images

इन्टरनेशनल केनेल क्लबले भोटे कुकुरलाई आधिकारिक रूपमा कुकुर जातिको मान्यता प्रदान गरेको हो । फागुन २७ गते आइकेसीले आधिकारिक मान्यता प्रदान गरेको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जानकारी दिए ।

‘निकै धेरै प्रयासपछि यो सफलता प्राप्त भएको छ । यो मान्यताले नेपालको भोटे कुकुरले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएको छ,’ उनले भने, ‘अब हामी अरू संस्थाहरूबाट पनि मान्यता दिलाउने गरी काम गर्नेछौँ ।’ भोटे कुकुर खर्कहरूमा बाख्राको रेखदेख गर्नका लागि पाल्ने गरिन्छ । तल्ला क्षेत्रहरूमा पनि भोटे कुकुर सोखले पाल्ने गरेका छन् ।

पौडेलका अनुसार १८ भन्दा बढी भोटे कुकुरको डीएनए परीक्षण गरिएको थियो भने सयौँ कुकुरमा चिप लगाएर निगरानीमा राखिएको थियो । भोटे कुकुरलाई प्रवर्द्धन गर्नका लागि २०७९ सालमा पहिलो संस्था नेपालमा खुलेको हो । 

सोही संस्थाले गत माघमा पोखरामा भोटे कुकुर प्रदर्शनी ग¥यो । ‘पहिला तिबेतन म्यास्टिफलाई नै भोटे कुकुर भन्ने चलन रहेछ । भोटे कुकुर र तिबेतन म्यास्टिफ फरक हो भनेर प्रमाणित गर्न लामै संघर्ष गर्नुप¥यो,’ उनी अघि भन्छन्, ‘भोटे कुकुर नेपालमै उत्पत्ति र विकास भएको हो । त्यो आधिकारिक पुष्टि भैसकेको छ ।’ क्लबले १ सय भन्दा बढी भोटे कुकुर दर्ता गरिसकेको छ ।

नेपालका उच्च हिमाली क्षेत्रमा पाइने भएपनि ढोरपाटन क्षेत्रमा बढी सङ्ख्यामा रहेका क्लबले जनाएको छ । त्यसैले दोस्रो भोटे कुकुर प्रदर्शनी पनि ढोरपाटनमै गर्न लागिएको छ । नेपालमा ५ सय हाराहारी भोटे कुकुर रहेको अनुमान छ ।

 ‘अहिलेसम्म नेपाललाई आधार मानेर रिसर्च भएन । राज्यले पनि चासो दिएन,’ पौडेलले भने, ‘भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । त्यसैले भोटे युनिक कुकुर हो ।’ छाउराको मूल्य नै ४० हजारसम्म पर्छ भने छाउरीको मूल्य ३० हजार पर्छ । राज्यले नै भोटे कुकुरको प्रवर्द्धन र संरक्षणमा काम गर्नुपर्ने उनले सुनाए । ‘जबसम्म राज्यले साथ दिँदैन, तबसम्म कुनै व्यक्ति वा संस्थाको योगदान निरर्थक हुन्छ,’ पौडेल अघि भन्छन्, ‘राज्यले नेतृत्व गरोस्, हामी साथ दिन तयार छौँ ।’

 उनले ढोरपाटनमा हुने दोस्रो महोत्सवले भोटे कुकुरको महत्वलाई अझै विशिष्ट बनाउने दाबी गरे । 

images
प्रकाशित मिति :चैत्र ३, २०८१ सोमवार - ०८:५२:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology