Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

गौरीशंकर संरक्षण क्षेत्रको वनमा फेरि डढेलो

गौरीशंकर संरक्षण क्षेत्रको वनमा फेरि डढेलो

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
गौरीशंकर संरक्षण क्षेत्रको वनमा फेरि डढेलो
images

काठमाडौँ । गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत दोलखाको विगु गाउँपालिका–१ लामाबगर नजिकै ठोङठोङ नजिकैको जंगलमा आइतबार बिहान लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।

बिहानैबाट संरक्षण क्षेत्रको जंगलमा लागेको डढेलो लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको गरुड दल गण, जनपदसहित सशस्त्र प्रहरी र संरक्षण क्षेत्रबाट खटिएको टोलीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

डढेलोले विद्युत‍्का पोलहरुमा क्षति गर्दा विद्युत् सेवा अवरुद्ध भएको लामाबगरका स्थानीयले बताएका छन् । डढेलो लागेको क्षेत्रमा रहेको नेपाल टेलिकमको टावर भने नेपाली सेनाले जोगाएका छन् । तीव्र हावाका कारण डढेलो बढेको संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । उनले डढेलोका कारण वन्यजन्तु प्रभावित बनेको र रात परेकाले डढेलो निभाउन गएको टोली फर्किएको बताए ।

Fire again in Gaurishankar conservation area forest

 

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:४९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology