Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनको कालिका १० मा निशुल्क स्वस्थ्य शिविर

चितवनको कालिका १० मा निशुल्क स्वस्थ्य शिविर

images

इच्छाकामना न्युज

२, चैत्र २०८१
चितवनको कालिका १० मा निशुल्क स्वस्थ्य शिविर
images

चितवन । कालिका नगरपालिका वडा नं १० सिद्धि स्वास्थ्य चौकीमा जनस्वास्थ्य अभियान तथा पोषण प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। बकुलहर रत्ननगर अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा कालिका नगरपालिका नगर कार्यपालिकाको कार्यलय र बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय,चितवनको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षतामा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी र प्रमुख अतिथिको रूपमा बाग्मती प्रदेशको वन तथा वातारण मन्त्री कृष्ण प्रसाद सिलवाल रहनु भएको थियो ।

त्यसै गरि अतिथिको रूपमा कालिका नगरपालिकाका उपमेयर विमला तामाङ स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख सागर प्रसाद घिमिरे बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन धिमाल आँखा अस्पतालका डाक्टरहरु वडा अध्यक्षहरु रहेको थियो। बाग्मती प्रदेशको वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले ब्यानर पढी कार्यक्रमको उत्घाटन गर्नु भएको थियो ।

यस कार्यक्रममा १३ प्रकारका सेवाहरु उपलब्ध गरिएको थियो । कालिका नगरपालिका वडा नं १० को वडा अध्यक्षले पनि सबै जनतालाई रोग नलुकाई ढुक्क भएर सेवा लिन आग्रह गर्दै डराउने चेपाङ जाति लाई पनि निर्धक्क भएर जाच गराउन आग्रह गर्नुभयो।बाग्मती प्रदेशको वन तथा वातावण मन्त्री कृष्ण प्रसाद सिलवालद्वारा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीलाई अल्ट्रासाउन्ड हस्तान्तरण पनि गरिएको छ ।

त्यसै गरि कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धिमा स्वास्थ्य शिविर सञ्चालन गरेको जानकारी दिनुभयो। नगर प्रमुख ले सबै जनतालाई सेवा लिन आग्रह गर्दै पहिलो खुला शत्र समापन गर्नु भयो ।

images
प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - २०:२५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology