Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सञ्चारकर्मी ठकुरी र कलाकार नेपालीको अभिनयमा ‘मनै फाट्यो नि...’ (भिडियो सहित)

सञ्चारकर्मी ठकुरी र कलाकार नेपालीको अभिनयमा ‘मनै फाट्यो नि...’ (भिडियो सहित)

इच्छाकामना न्युज

११, फाल्गुण २०७७
सञ्चारकर्मी ठकुरी र कलाकार  नेपालीको अभिनयमा ‘मनै फाट्यो नि...’ (भिडियो सहित)
images

सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिईएको म्युजिक भिडियो “मनै फाट्यो नि” सार्वजनिक भएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन् ।

images
images

कोरोना भाईरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरा सँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाईएको छ । गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ।

भिडियो धादिङको विभिन्न स्थानमा छाँयाकन गरिएको छ । गीतको भिडियोमा उदयराज शर्माको छायाँकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् । रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सँगित र सँगित सँंयोजन रहेको छ ।

भिडियोको मिडिया पार्टनरको रुपमा नागरिकपाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ । भिडियो सिने सँगालो नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडियो हेर्नुहोस्... 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २२:०४:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology