Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा छुट्टा–छुुट्टै स्थानमा सवारी दुर्घटना हुँदा १० जना घाइते

चितवनमा छुट्टा–छुुट्टै स्थानमा सवारी दुर्घटना हुँदा १० जना घाइते

images

इच्छाकामना न्युज

१, चैत्र २०८१
चितवनमा छुट्टा–छुुट्टै स्थानमा सवारी दुर्घटना हुँदा  १० जना घाइते
images

चितवन, चैत २ । चितवनमा विभिन्न छुट्टा–छुुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी एकैदिन १० जना घाइते भएका छन् । हिजो (चैत १ गते) शुक्रवार पाँच वटा वटा दुर्घटनामा १० जना घाइते भएका हुन्, जसमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ ।

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रवार बेलुका ८ः२० बजे वीरेन्द्र क्याम्पस चोकबाट पुलचोकतर्फ आउदै ना १ ज ६३४७ नम्बरको म्याजिकले बाटो क्रस गर्दै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भरतपुर–१० दिपेन्द्रचोक बस्ने वर्ष २२ को नरेश गुरुङ घाइते भए । मध्यम घाइते भएका गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने म्याजिक चालक रत्ननगर नगरपालिका–१० बस्ने वर्ष ४१ को सुमन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार बेलुका साढे ८ बजे भरतपुर–६ त्रिचोकमा गीतानगरदेखि चोक बजारतर्फ जाँदै गरेको बा प्र०३–००३ प १४९४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भए । मोटरसाइकल चालक बारा घरभई हाल भरतपुर–६ चोक बजार बस्ने वर्ष ३२ को मनोज चौधरी, सोही मोटरसाइकल पछाडि सवार निजको श्रीमती वर्ष ३५ की कान्ति चौधरी र पैदल यात्री चोकबजार बस्ने वर्ष २१ को दिक्षान्त पोख्रेल घाइते भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार दुई जना मध्यम घाइते भए भने पैदलयात्रीको अवस्था सामान्य रहेको छ । तीनै जनालाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

रत्ननगर नगरपालिका–१ जागरी टोलमा शुक्रवार बिहान १०ः३५ बजे भित्री बकुलहरबाट जागरी टोलतर्फ जाँदै गरेको ना २४ प ३६५९ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको बा प्र०३–००४ प १९०१ नम्बरको स्कुटरलाइ ठक्कर दिँदा तीन जना घाइते भए । स्कुटर चालक रत्ननगर–८ बस्ने वर्ष ३५ की बिन्दु महतो, सोही स्कुटर पछाडि सवार निज बिन्दु महतोको छोरा वर्ष ५ को जेशन महतो र सोही स्कुटर पछाडि सवार बर्ष ६८ की बकुल्ली महतो मध्यम घाइते भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक फरार छन् ।

भरतपुर–१० जेष्ठ नागरीक चोकमा शुक्रवार दिउँसो साढे २ बजे बा २ च ३८५५ नम्बरको कार र बागमती प्रदेश०३–००१ प ३४७४ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा स्कुटरमा सवार दुई जना मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर–६ बस्ने वर्ष ५९ की मुना पौडेल र पछाडी सवार सोहि ठाउँ बस्ने वर्ष ७१ को लोकनाथ पौडेल घाइते भएका हुन् । दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने कार चालक खैरहनी–५ बस्ने वर्ष ५० को रुद्र प्रसाद शर्मा उनीहरुको उपचारमा संलग्न रहेको प्रहरीले बताएको छ ।

त्यस्तै, राप्ती नगरपालिका–५ भण्डारामा शुक्रवार दिउँसो ३ः४० बजे बेल्डियाबाट भण्डारातर्फ आउँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको बा १२ च ७७९ नम्बरको सुजुकी भ्यानले ठक्कर दिँदा साइकल यात्री जिल्ला धादिङ घरभई हाल राप्ती–५ बस्ने वर्ष २५ को राजकुमार प्रजा मध्यम घाइते भए । भ्यान चालक राप्ती–४ बस्ने वर्ष २३ को जोन तामाङलाई इलाका प्रहरी कार्यालय भण्डाराले नियन्त्रणमा लिएको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - ०९:१४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology