काठमाडाैं | स्पेस एक्सले अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन नयाँ रकेट प्रक्षेपण गरेको छ।
नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिनपछि अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने यात्रा शुरू गर्नेछन् । नासाका कमर्शियल क्रु प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू निकै खुसी भएको बताएका छन् ।
सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा परीक्षण मिशनका लागि उडान भरेका थिए।