Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्का वर्षा, दिउँसो कतै– कतै पानी पर्ने सम्भावना

सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्का वर्षा, दिउँसो कतै– कतै पानी पर्ने सम्भावना

images

इच्छाकामना न्युज

१, चैत्र २०८१
सुदूरपश्चिमका एक–दुई ठाउँमा हल्का वर्षा, दिउँसो कतै– कतै पानी पर्ने सम्भावना
images

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा आज हल्का वर्षा भएको छ । अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् । देशको उच्च पहाडी तथा हिमाली केही क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँ तथा बाँकी प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - ०८:५६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology