Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र ताेकियाे

लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र ताेकियाे

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र ताेकियाे
images

लमजुङ, चैत १ गते । लमजुङमा दुई हजार ९४१ जनाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि हुने परीक्षाका लागि १६ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

images
images

जिल्लाका छ वटा स्थानीय तहमा १६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ लमजुङले जानकारी दिएको छ । परीक्षामा नियमित तर्फ दुई हजार चार सय ७४ र ग्रेड वृद्धितर्फ चार सय ६७ परीक्षार्थी सहभागी हुने छन् । गतवर्ष २ हजार ६ सय ५० जनाले परीक्षा दिएका थिए । यो वर्ष २९१ परीक्षार्थी बढेको शिक्षा समन्वय एकाइ लमजुङका प्रमुख दिवाकर शर्माले जानकारी दिनुभयो । 

परीक्षाका लागि बेँसीसहरमा पाँच, मध्यनेपाल, सुन्दरबजार र राईनासमा तीन÷तीन वटा, दोर्दी र मस्र्याङदीमा एक÷एक विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ । एकाइका अनुसार बेँसीसहरको जनविकास माविमा ६ वटा विद्यालयका दुई सय ७८, बेँसी सहरकै चण्डीडाँडाको जनविकास माविमा ६ विद्यालयका एक सय ६५ जना, बेँसीसहरको भूपू सैनिक आवासिय माविमा नौ विद्यालयका तीन सय ३८ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । 

त्यसैगरी बेँसीसहरकै भकुण्डेस्थित बालकल्याण माविमा सात वटा विद्यालयका एक सय ४४ र बेँसीसहर–१, उदिपुरको जनकल्याण माविमा चार विद्यालयका एक सय ७२ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । मध्यनेपालको कुष्माकर माविमा सात वटा विद्यालयका दुई सय १० जना, इशानेश्वर माविमा ६ वटा विद्यालयका एक सय ३२ र भैरवकाली माविमा सात वटा विद्यालयका एक सय ८८ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । 

त्यसैगरी सुन्दरबजारको भक्ती नमुना मावि परीक्षा केन्द्रमा ६ विद्यालय दुई सय ३२ जना, विद्याज्योति मावि खहरेमा १० विद्यालयका एक सय ४८ जना र आदर्श बाल माविमा चार विद्यालयका एक सय ७८ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । त्यस्तै राईनासको शैलपुत्री मावि परीक्षा केन्द्रमा चार वटा विद्यालयका एक सय ९२ जना, वीरभक्ती मावि तार्कुघाट परीक्षा केन्द्रमा चार विद्यालयका एक सय १६ जना र बुद्धमिलन मावि प्यारजुङमा सात विद्यालयका एक सय २२ जना विद्यार्थी परीक्षामा सहभागी हुने छन् । 

दोर्दी गाउँपालिका अन्तर्गत चैतन्योदय मावि नौथरमा पाँच विद्यालयका एक सय ४४ जना परिक्षार्थी परीक्षामा सहभागी हुनेछन भने मर्स्याङदी गाउँपालिकाको अमर मावि परिक्षा केन्द्रमा आठ वटा विद्यालयका एक सय ८२ विद्यार्थी परीक्षामा सहभागी हुने छन् । 

क्होलासोँथार र दूधपोखरी गाउँपालिकामा यस वर्ष परीक्षा केन्द्र राखिएको छैन । दूधपोखरी अन्तर्गतका विद्यालयका परीक्षार्थीहरूलाई राईनासको प्यारजुङमा परीक्षा केन्द्रमा र क्व्होलासोँथार अन्तर्गतका विद्यालयका परीक्षार्थीहरूलाई बेँसीसहर र मध्यनेपालका परीक्षा केन्द्रमा तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ लमजुङले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - २२:५१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology