Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी

महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
महिला टी-२० क्रिकेट : अन्तिम खेलमा हङकङविरुद्ध नेपाल विजयी
images

काठमाडौँ, चैत १ गते ।  युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो ।

सुरुमा ब्याटिङ गरेको  हङ्कङले दिएको १०५ रनको लक्ष्य  नेपालले १९ दशमलव ३ ओभरमा चार विकेट गुमाएर भेट्टाएको हो। 

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाउनुभयो। उहाँले ४३ बलको सामना गर्दा चार चौका हिर्काउनुभयो। कप्तान इन्दु बर्माले ३२ बलको सामना गर्दै १८ रन जोड्नुभयो। रोमा थापा ७ बलको सामना गर्दा मात्र चार रन बनाएर आउट हुँदा बिन्दु रावलले चार बल खेल्दै चार रन मात्र बनाउनुभयो। नेपालका लागि पूजा महतोले नटआउट २६ बलमा २० रन बनाउनुभयो। अलिसा यादवले नटआउट ५ रन बनाउनुभयो।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनाएको थियो। उसका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाउनुभयो। उहाँले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गर्नुभयो।   करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन बनाउनुभएको थियो।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिनुभयो। 

 

पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा नेपाल हङकङसँग दुई रनले पराजित भएको नेपाल चौथो खेलमा नामिबियासँग २३ रनले पराजित भएको थियो। बिहीबार पाँचौँ खेलमा नेपाल  घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको थियो।  

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - २२:४९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology