Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र ६ बर्ष देखि निमित्तको भरमा

जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र ६ बर्ष देखि निमित्तको भरमा

इच्छाकामना न्युज

३०, फाल्गुण २०८१
जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र ६ बर्ष देखि निमित्तको भरमा

तनहुँ । तनहुँ स्थित संघीय अस्पताल ६ बर्ष देखि निमित्त कार्यकारी निर्देशकको भरमा संचालन भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका बेलचौतारमा रहेको सरकारी अस्पताल ६ बर्ष सम्म निमित्तको भरमा चलेको हो ।

images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चासो नदिदा जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा ६ बर्ष देखि कार्यकारी निर्देशक नियुक्ती हुन सकेको छैन् । ६ बर्ष यता सो अस्पताल निमित्त निर्देशकको भरमा चलिरहेको छ । तत्कालिन कार्यकारी निर्देशक डा मुक्तिनाथ भट्टराईको २०७५ असारमा कार्यकाल सकिएको थियो । उनको कार्यकाल सकिएको ६ बर्ष वित्दा लाग्दा पनि नयाँ निर्देशक नियुक्त हुन सकेको छैन् । अस्पतालमा कार्यकारी निर्देशक नहुदाँ अस्पतालको विकास र विस्तारमा हुनुपर्ने कामहरु अगाडी नबढेको अस्पताल श्रोतले बतायो ।

सो अस्पतालमा अहिले निमित निर्देशकको रुपमा डाक्टर रामकुमार श्रेष्ठले काम गरिरहेका छन् । यती लामो समय वित्दा पनि नयाँ निर्देशक नियुक्तिको कुनै प्रक्रिया सुरु भएको छैन । तनहुँ जन्मघर भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भएपनि यो अस्पतालले कार्यकारी निर्देशक पाउन सकेको छैन् ।

नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनता र राष्ट्रका लागि पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई राज्यले उच्च मूल्याङ्कन र सम्मान गर्दै नको स्मृतिमा जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको स्थापना भएको थियो स्व. गिरिजाप्रसाद कोइरालाको २०६६ चैत ७ गतेका दिन श्वासप्रश्वाससम्बन्धी रोगले निधन भएकाले तत्कालीन सरकारले म १०० शैय्याको जी।पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो ।

नेपालमा मुटु, मृगौला, आँखा क्यान्सरलगायत अन्य रोगको उपचार का निम्ति विशेष सेवा सहितको अस्पताल स्थापना भए तापनि श्वास –प्रश्वाससम्बन्धी रोगको विशेष सेवासहितको अस्पताल स्थापना भएको थिएन । सोही आवश्यकतालाई पूरा गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट डा. करवीरनाथ योगीलाई अध्यक्ष तोकेर अस्पताल सञ्चालक समितिको गठन गरी काम अघि बढाएको थियो । हाल तनहुँको दुलेगौडामा यस केन्द्रको स्वामित्वमा ७४० रोपनी जग्गा रहेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मिति २०७० असार २४ गते जारी जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति ९गठन० आदेश, २०७० अन्तर्गत काम गर्दै आएको छ । तत्कालीन सेती गङ्गा सामुदायिक अस्पताल यस केन्द्रलाई हस्तान्तरण गर्ने मन्त्रीपरिषद्को निर्णय अनुसार २०७३ साउन १ गतेदेखि यस केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएको थियो ।

हाल स्थानीय आवश्यकताको लागि जनरल अस्पतालको रुपमा सेवा संचालन भइरहेको छ ।श्वास प्रश्वास उपचार केन्द्रको रुपमा भने अस्पतालले प्रभावकारी काम गर्न सकेको छैन् ।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०८१ शुक्रवार - १०:५६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology