Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

भरतपुरमा विश्व रोटर्‍याक्ट सप्ताह मनाउन सुरु सुरु

भरतपुरमा विश्व रोटर्‍याक्ट सप्ताह मनाउन सुरु सुरु

images

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
भरतपुरमा विश्व रोटर्‍याक्ट सप्ताह मनाउन सुरु सुरु
images

भरतपुर, फागुन २७ । भरतपुरमा विश्व रोटर्‍याक्ट सप्ताह मनाउन सुरु सुरु गरिएको छ । रोटर्‍याक्ट क्लब अफ भरतपुरले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी विश्व रोटर्‍याक्ट सप्ताह मनाउन सुृरु गरिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा रोटर्‍याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सबिन पौडेलले विगतमा क्लबले गरेका कामहरु जानकारी गराउँदै सप्ताह अन्तर्गतका कार्यक्रमबारे बताए । उनका अनुसार मंगलबार इन्ट्राक्लब मैत्रीपूर्ण फुटसल, बुधबार महिनावारीबारे जनचेतना र बिहीबार विश्व रोटर्‍याक्ट दिवस मनाउने कार्यक्रम छ । शुक्रबार प्रहरीहरुबिच मुस्कान परियोजना, शनिबार ‘ओपन हर्ट, ओपन माइन्ड’ कार्यक्रम र आइतबार ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरिने छ ।

सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै रोटरी क्लब अफ भरतपुरका अध्यक्ष विमलकुमार क्षेत्रीले भने, ‘रोटरीले व्यक्तित्व विकास, नेतृत्व विकास र समाजसेवाका काम गर्दै आइरहेको छ ।’

रोटरी क्लब अफ भरतपुरका प्रेसिडेन्ट इलेक्ट (भावी अध्यक्ष) डा कृष्णसागर शर्माले भावी दिनमा पनि रोटर्‍याक्ट क्लब अफ भरतपुरसँग मिलेर समाजसेवाका थप काम गर्ने प्रतिबद्धता जनाए ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - २०:२०:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology