Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

पर्यटकको आकर्षण गन्तव्य बन्दै स्टोनपार्क

पर्यटकको आकर्षण गन्तव्य बन्दै स्टोनपार्क

इच्छाकामना न्युज

२६, फाल्गुण २०८१
पर्यटकको आकर्षण गन्तव्य बन्दै स्टोनपार्क

गोरखा, फागुन २५ गते । गोरखा नगरपालिका–६ कुहिरेभिरमा रहेको ढुङ्गै ढुङ्गाले बनेको स्टोनपार्क पर्यटकको आकर्षण बन्दै गएको छ । 

images

ऐतिहासिक जिल्ला गोरखा सदरमुकाम नजिक रहेको कुहिरेभिरसँगै रहेको स्टोनपार्क आन्तरिक तथा बाह्रय पर्यटकहरूको आकर्षण गन्तव्य बन्दै गएको गोरखा नगरपालिका–६ का वडाध्यक्ष दिलिपकुमार जोशीले जानकारी दिनुभयो ।  

अहिले स्टोन पार्क अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ, वडाध्यक्ष जोशीले भन्नुभयो, “स्टोन पार्कबाट गोरखा सदरमुकाममा बनेका पुराना प्यागोडा शैलीका मठ मन्दिरदेखि जिल्लामा भएका प्राकृतिक दृश्यहरू स्टोनपार्कबाट देखिने भएकाले पनि पर्यटकहरू त्यस ठाउँमा पुगेर आनन्द लिने गरेका छन् ।”

सदरमुकामसँग जोडिएको स्टोनपार्क ऐतिहासिक ठाउँ त्यसका साथै जहाँ इतिहास जिवित छ भन्ने गोरखाको पहिचान भएकाले जसले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी सिङ्गो नेपाल एकीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरी युगको आवश्यकता र नेपाली माटोको माग बमोजिम गोरखाको माटोले जन्माएको सर्वाधिक ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायण शाहको इतिहास बुझ्न र गोरखामा पर्यटकहरू पुग्ने गरेको बताइएको छ । 

उक्त पार्कभित्र पिङ, भ्युटावर, पिकनिक स्र्पोट, लगायतले स्टोनपार्कको शोभा बढाएको छ । गोरखा सदरमुकामको ठुलो आँगन पाटेचौर, स्टोनपार्कदेखि कुहिरेभिर हुँदै गोरखाकाली मन्दिरसम्म आन्तरिक तथा बाह्रय पर्यटकलाई गोरखाको वास्तविक इतिहास बुझाउन इतिहास झल्कने चित्रहरू ढुङ्गामा कोरिएर चिटिक्कै बनेको गोरखा नगरपालिका–६ का युवा सन्दीप गोरखार्लीले बताउनुभयो ।  

गोरखा दरबारमामा जन्मिएर इतिहासमा महत्त्वपूर्ण कार्य गरेर सिङ्गो नेपाललाई चिनाउन महत्त्वपूर्ण योगदान गर्नु हुने पृथ्वीनारायण शाहदेखि न्याय नपाए गोरखा जानु भन्ने रामशाहको इतिहास खोज्न नेपालका दिग्गज व्यक्तित्वहरू गोरखा आउने गरेका पूर्व उपाप्रधापक तथा इतिहसविद् यदु अधिकारीको भनाइ छ । 

गोरखा नगरपालिकाले केहि दिन अगाडि मात्रै गोरखा भ्रमण वर्ष २०२५ को कार्यतालिका सार्वजानिक गर्दै गोरखा नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरूलाई पर्यटकिय क्षेत्रको रूपमा विकास गरी पर्यटकलाई आकर्षित गर्न स्टोनपार्कमा ढुङ्गामा इतिहास झल्कने चित्रहरू लगायत स्टोनपार्क विकासका लागि नगरपालिकाले अहिलेसम्म ३० लाख रुपियाँसम्म बजेट विनियोजन गरिसकेको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - २०:१३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology