आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ बेनिटारबाट अवैध लागुऔषध सहित एक युवा पक्राउ परेका छन् । उनलाई आईतबार बिहान करिब ५ः४५ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ४ घर भएका बर्ष २३ को अनमोल रिमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीले रिमाललाई मुग्लिन तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा. ५ ख. ६९६ बसलाई रोकी चेक जाँच गर्ने क्रममा झोला भित्र कपडाले लपेटी लुकाई छिपाई राखेको अवस्थामा ५ सय क्याप्सुल ट्रामाडोल सहित रिमाललाई पक्राउ गरेको हो ।
पक्राउ परेका रिमाललाई म्याद थप गरि थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।