चण्डिभञ्ज्याङ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चण्डिभञ्ज्याङ्ग स्वास्थ्य चौकिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इच्छाकामना गाउपालिकाको आयोजनामा आइतबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा विभिन्न विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच तथा उपचार गरिएको थियो । शिविरमा २३५ जनाले स्वास्थ्य जाँच तथा उपचार गराएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि बहादुर देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार शिबिरमा ११५ जनाको सुगर जाँच, ८० जनाको खकार जाँच ८५ जनाको पिसाव जाँच, मुटुका लागि इसिजि सेवा १३ जना , पाठेघरको मुखको क्यान्सर सम्बन्धि भिआइए ३६ जना गर्भवतिको भिडियो एक्सरे ३ जना, पोषण सम्बन्धि बिएमआई (तौल उचाई) जाँच १७५ जना,र १७५ जनाको रक्तचाप मापन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले शिविरको समुद्घाटन गर्नुभएको थियो ।