अमेरिकामा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँचदिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पाँचलाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गर्नुभएको हो ।
कोरोना महामारीका कारण सबैभन्दा धेरै मृत्यु ब्यहोर्ने देश अमेरिका हो । यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहोरेको मानवनीय क्षति भन्दा पनि बढी हो । अमेरिकामा ५ लाख १२ हजार ५ सय ९० जनाको मृत्यु भएको छ ।