Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

छानबिन समितिको निष्कर्ष : गोलीले घाँटीबाट मुटु छेडेपछि मकुनाको मृत्यु

छानबिन समितिको निष्कर्ष : गोलीले घाँटीबाट मुटु छेडेपछि मकुनाको मृत्यु

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०८१
छानबिन समितिको निष्कर्ष : गोलीले घाँटीबाट मुटु छेडेपछि मकुनाको मृत्यु
images

चितवन, फागुन २१ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा जङ्गली हात्ती (मकुना) को मृत्युका सम्बन्धमा बनेको छानबिन समितिले आत्मरक्षाका लागि सेनाले मकुना माथि गोली चलाएको निष्कर्ष निकालेको छ ।

वन मन्त्रालयका सह–सचिव डा.बुद्धिसागर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले निकुञ्जका कर्मचारीको आत्मरक्षा गर्न नेपाली सेनाले चलाएको गोली लागेर मकुनाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।
‘हात्तीलाई स्वीप गर्ने क्रममा नजिकैबाट आक्रमण गर्न आएकाले हवाइ फायर गर्दा समेत पुनः आक्रमण गर्न आएको र स्वीप टोलीका रेञ्जर भुईमा खसेको र जिउँज्यानको जोखिम भएको अवस्थामा बचावटको लागि अन्य विकल्प नभएकाले परिस्थितीजन्य अवस्थामा बाध्य भई स्वीप टोलीले चलाएको गोली लागि मकुना जंगली हात्तीको मृत्यु भएको देखिन्छ,’–छानविन समितिले वन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मन्त्रालयमा बुझाएको प्रतिबेदनमा दुई राउण्ड हवाइ फायर र चार राउण्ड गोली चलाएको उल्लेख गरिएको छ । त्यसमध्ये अन्तिममा चलाइएको गोलीले दाहिनेपट्टीको घाँटीबाट मुटु छेडेपछि हात्तीको मृत्यु भएको छानविन समितिले जनाएको छ ।
माघ २३ गते स्वीप कार्यका लागि छ वटा हात्ती सहित सेक्टर कार्यालय र नेपाली सेना सहित १४ जनाको संयुक्त टोली परिचालन भइरहेको थियो । स्वीपका क्रममा अग्लो ढड्ढी र झाडी भएको स्थानमा पुग्दा मकुना अकस्मात आक्रमण गर्न आएकाले सुरुमा दुई राउण्ड हवाइ फायर गरेको गर्नु परेको प्रतिवेदनमा उल्लेख छ ।

‘फायरिङबाट मकुना नभागी स्वीपमा रहेको हात्तीलाई आक्रमण गर्न आएपछि हात्तीबाट सौराहा सेक्टरका रेञ्जर भुईमा खसेकाले पुनः तीन राउण्ड हवाइ फायर गरिएको थियो । त्यसपछि मकुना केहि पर गएर पुनः आक्रमण शैलीमा रेञ्जरतर्फ आएकाले आत्म सुरक्षाका लागि अर्को एक राउण्ड फायर गरेपछि मकुना भाग्दै गएको हुँदा सोको पिछा गर्दै जाने क्रममा करिब एक किलोमिटर पर ढलेको अवस्थामा फेला परेको रहेछ’,–प्रतिवेदनमा भनिएको छ । छानविन समितिले चितवनमा दुई दिनसम्म स्थलगत अध्ययन गरि रिपोर्ट तयार परेको थियो । मकुना असोजदेखि कुमरोज, चित्रसेन र बाघमारा सामुदायिक मध्यवर्ती वन क्षेत्र र वरिपरिको गाउँ बस्तीमा देखिन्थ्यो । हात्तीको गतिविधिका कारण स्थानीयहरु त्रसितका करण हुन सक्ने धनजनको क्षति रोक्न स्थानीय जनप्रतिनिधि र संघ संस्थाबाट दबाब आएपछि निकुञ्जको टोलीले धपाउने, लठ्याउने रेडियो कलर लगाउने र आवश्यक पर्दा हवाई फायर गर्ने जस्ता उपायहरु यसअघि पनि अवलम्बन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

छानविन समितिले आगामी दिनमा मानव र वन्यजन्तुबिचको द्धन्द न्यूनिकरणका लागि आठ बुँदा सहितको सुझाव समेत पेश गरेको छ ।
समितिले जंगली भाले हात्तीहरु सौराहा क्षेत्रमा रहेका घरपालुवा हात्तीहरुसँग आकर्षित भई समयसमयमा मध्यवर्ती क्षेत्रका वन तथा गाउँ बस्तीमा आउने भएकाले दीर्घकालिन समाधानका लागि घरपालुवा हात्तीहरुको व्यवस्थापन गर्नुपर्ने बताएको छ । यसका लागि घरपालुवा हात्तीहरुको व्यवस्थागरी निश्चित सर्तमा शुल्क लिइ उपयुक्त ठाउँ छनौट गरी घरपालुवा हात्ती एकै स्थानमा एकीकृत गरेर राख्ने व्यवस्थाका लागि थप अध्ययन गर्न समितिले सुझाव दिएको छ ।

हात्ती लगायतका वन्यजन्तुहरुको लागि उपयुक्त वासस्थान र पर्याप्त आहारको लागि निकुञ्ज भित्र घाँसे मैदान व्यवस्थापनमा जोड दिनुपर्ने बताएको छ । समितिले स्थानीय सरकार, मध्यवर्ती उपभोक्ता समिति, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह लगायतका मध्यवर्ती क्षेत्रमा कार्य गर्ने संघसंस्था र निकायहरुले मानव वन्यजन्तु द्धन्द न्यूनीकरणका लागि कार्यहरुलाई प्राथमिकता दिन आवश्यक रहेको निष्कर्ष देखिएको छ ।

छानविन समितिले चितवनका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय निकुञ्जका कर्मचारी, खैरहनी र रत्ननगर नगरपालिकाका जनप्रतिनिधि, चार वटा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष, होटल व्यवसायी संघ, युनाईटेड हात्ती सञ्चालक समिति, पर्यटन बोर्ड, संरक्षणकर्मीसँग भेटेर छलफल गरेको थियो ।

छानविन समितिले निकालेको निष्कर्ष र विश्लेषणलाई अध्ययन गरि काम अगाडि बढाइने वन मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८१ बुधवार - २२:१०:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology