Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो

देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०८१
देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो
images

काठमाण्डौ । आज कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी केही क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्ण रुपमा खुलेसँगै काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा अधिकतम तापक्रम बढ्न थालेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

हिजो काठमाण्डौको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहेको थियो । आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

यस्तै जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०८१ बुधवार - ०९:२०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology