चितवन, फागुन २० । भरतपुर महानगरपालिका–२ शहिदचोक नारायणगढस्थित भेटघाट रेष्टुरेन्टमा काम गर्ने एक कामदार मृत फेला परेका छन् ।
गोरखा अरुघाट गाउँपालिका–५ बयाक घर भई हाल सोही रेष्टुरेन्टमा काम गर्ने वर्ष ३३ को दिपक थापा मगर सोमवार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आइतवार राति खाना खाएर सुतेका मगरलाई सोमबार बिहान ७ बजे साथिहरुले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार -
१०:१८:१९ बजे
इच्छाकामना न्युज
इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।