Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सफा

सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सफा

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०८१
सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा, काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम सफा
images

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेशमा आज हल्का वर्षा भइरहेको छ ।

डडेलधुरा, डोटीलगायतका केही जिल्लामा बिहानदेखि हल्का वर्षा भइरहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिमका केही ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रको मौसम आंशिकदेखि साधारणतया बदली तथा लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

काठमाण्डौ उपत्यकासहित तराई मधेश र बागमती प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको छ ।

यसैबीच मौसम सुधार भएसँगै तापक्रम बढ्न थालेको छ । आज दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - ०८:५३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology