Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न 

आँबुखैरेनीमा विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न 

इच्छाकामना न्युज

१९, फाल्गुण २०८१
आँबुखैरेनीमा विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न 
images
आँबुखैरेनी, फागुन १९ गते । सामाजिक विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकामा सोमबार स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला –२०८१ कार्यक्रम गरेको छ ।
रामशाह माध्यमिक विद्यालयको सभाहलमा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चायको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
बालबालिकामा रहेको अन्तरहीन प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रमको आयोजना गरिएको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।
आँबुखैरेनी गाउँपालिका भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयहरुबाट ४१ जना विद्यार्थी सहभागि उक्त स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशालामा लक्ष्मी मावि प्युघर कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रवेश आले प्रथम हुन सफल भएका छन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आर्चाय, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर आँबुखैरेनी क्याम्सका निवर्तमान क्याम्पस प्रमुख वावुराम देवकोटा, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछान लगाएतको उपस्थिती रहेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८१ सोमवार - १८:४२:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology