Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो

काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०८१
काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो
images

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा तापक्रम बढ्न थालेको छ । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेको र धेरै ठाउँमा तातो महसूस हुन थालेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार हिजो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेकामा आज बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको छ । यस्तै सबैभन्दा धेरै विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका ठाउँमा ३० डिग्रीभन्दा धेरै तापक्रम रेकर्ड भएको छ ।

देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् लामिछानेले बताउनुभयो । यसैबीच आज कोशी र गण्डकी प्रदेशका केही ठाउँको मौसम आंशिक बदलीको अवस्था छ ।

बाँकी पहाडी र तराई क्षेत्रका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिममा भने राति हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैबीच बिहीवारदेखि अस्ति शनिवारसम्म भएको वर्षाले काठमाण्डौ उपत्यकासहित देशभरको प्रदूषण घटाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८१ सोमवार - ०८:३४:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology