Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

आजदेखि मौसममा पूर्ण सुधार, उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लाग्यो

आजदेखि मौसममा पूर्ण सुधार, उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लाग्यो

images

इच्छाकामना न्युज

१८, फाल्गुण २०८१
आजदेखि मौसममा पूर्ण सुधार, उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लाग्यो
images

काठमाण्डौ । आजदेखि मौसममा पूर्ण सुधार आएको छ । काठमाण्डौ उपत्यकासहित देशका सबैजसो ठाउँमा घाम लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।

अब तत्काल पानी पर्ने सम्भावना पनि नरहेको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो । प्रि–मनसुन शुरू भइसकेकाले अबका दिनमा हावाहुरी र चट्याङको जोखिम हुन्छ । घरको छानालाई सुरक्षित बनाउन, चट्याङको जोखिमबाट जोगिने उपायहरु अपनाउन पनि उहाँको सुझाव छ ।

हिउँद सुक्खा भएर बित्नै आँटेका बेला गएको तीन दिन देशका धेरै ठाउँमा वर्षा र हिमपात भयो । पहाडका त धेरैजसो ठाउँमा नै पानी पर्यो । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुँदा किसान उत्साहित भएका छन् । यो हिउँदमा लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न लागेका थिए ।

वर्षा र हिमपात भएका ठाउँमा विशेषगरी गहुँ, जौ, उवालगायतका अन्नबाली, तरकारी/फलफूललाई थोरै भए पनि राहत पुगेको कृषि विज्ञ बताउँछन् । ढिलोगरी वर्षासँगै भएको हिमपातले आकाशे पानीको पर्खाइमा रहेका किसान पनि खुशी भएका छन् । जहाँ सिँचाइको अभाव छ, ती क्षेत्रमा राहत पुगेको छ । स्याउ र ओखरका बिरुवा रोप्न हिमपातका कारण सहज भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपकसिंह धामीले बताउनुभयो । त्यस्तै अहिले चैते धानबाली, वसन्ते मकैजस्ता बालीको पनि तयारी गर्ने बेला हो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार वर्षा र हिमपातले जमिन भिजेको हुँदा थोरै भए पनि किसानलाई राहत भएको छ । अब जमिन चिसो भएकाले वसन्ते मकै, तरकारी र फलफूलको तयारी गर्न उहाँको सल्लाह छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले यही चिस्यानको सदुपयोग गर्न उहाँको सुझाव छ । पछिसम्म सिँचाइ आवश्यक पर्ने हिमाली क्षेत्रका किसानले हिउँ सङ्कलन गरी राख्न सक्ने केन्द्रका प्राविधिक अधिकृत रिमालले बताउनुभयो । अन्तिम अपडेट: फागुन १८, २०८१ Disclaimer:

images
प्रकाशित मिति :फाल्गुण १८, २०८१ आइतवार - ०८:४४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology