Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकादेखि मौसममा क्रमिक सुधार आउने

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकादेखि मौसममा क्रमिक सुधार आउने

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०८१
पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बेलुकादेखि मौसममा क्रमिक सुधार आउने
images

काठमाण्डाै । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम साधारणदेखि आंशिक बदलीको अवस्था छ ।

तराई मधेशमा भने हुस्सु लागेको र बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको हुनसक्ने सम्भावना पनि छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ । हिउँदयामको अन्तिममा अस्तिदेखि पश्चिमी वायु सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा र हिमपात भएको हो ।

हिउँदेयामको अन्तिम दिन हिजो देशका धेरै ठाउँमा वर्षा र हिमपात भएकाे छ । गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेकाे छ ।

आज वर्षा कम हुने र बेलुकादेखि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद् हरिप्रसाद दाहालले बताउनुभएको छ । उहाँका अनुसार भोलिदेखि मौसममा पूर्णरूपमा सुधार हुनेछ । आजदेखि प्रि–मनसुन शुरू भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०८१ शनिवार - ०८:५२:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology