Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)

हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)

इच्छाकामना न्युज

१४, फाल्गुण २०८१
हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)
images

म्याग्दी, फागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेक हिजोआज भने मनमोहक देखिन थालेको छ । लामो समयको खडेरी र हिमपात नभएका कारण खोप्रालेक उजाड थियो भने हिजोआज हिमपात हुन थालेपछि यहाँ खोप्रालेकको दृश्य मनोमहक देखिन थालेको छ । वरपरका डाँडा र हिमालहरू हिमपातले सेताम्मे हुन थालेका छन् ।

images
images

दैनिक जसो हिमपात हुने गरेको छ खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाल भन्नुभयो, ‘‘हिमपात हुनथालेपछि हिमालहरू मनमोहक देखिन थालेका छन् । वरपरका डाँडापाखाहरूमा पनि हिउँ परेकाले वातावरण निकै मनमोहक बनेको छ । हिमपात भएसँगै स्वदेश तथा विदेशी पर्यटकहरू खोप्रोको भ्रमणमा आउन थालेका छन् ।’’

अघिल्लो वर्ष पुस/माघ महिनामा पर्ने हिउँ यसपाली भने फागुन लागेपछि मात्र पर्न थालेको उहाँले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्णलगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ । 

पर्यटकको सुविधा लागि स्थानीयहरूले पाउद्धार पर्यटन सहकारी संस्थामार्फत सामुदायिक होटल सञ्चालन गरेका छन् । यहाँ ६५ जना पर्यटक वास बस्न सक्ने होटलको क्षमता छ । 

images
प्रकाशित मिति :फाल्गुण १४, २०८१ बुधवार - २३:३८:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology