Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चितवनमा २६ हजार ४ सय ७२ जना किशोरीले एचपिभी खोप लगाए

चितवनमा २६ हजार ४ सय ७२ जना किशोरीले एचपिभी खोप लगाए

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०८१
चितवनमा २६ हजार ४ सय ७२ जना किशोरीले एचपिभी खोप लगाए
images

चितवन , फागुन १२ । चितवनमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप २६ हजार ४ सय ७२ जना किशोरीले लगाएका छन् । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालित एचपिभी खोप अभियानअन्तर्गत लक्षित ३१ हजार ५ सय ७० किशोरीमध्ये ८३ प्रतिशत किशोरीले खोप लगाएको चितवनका भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

 
केसीका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १२ हजार ७ सय १० किशोरीले एचपिभी खोप लगाएका छन् । त्यस्तै रत्ननगरमा ३ हजार ४ सय ३७, खैरहनीमा २ हजार ७ सय ३, राप्तीमा २ हजार ९ सय ३४, कालिकामा २ हजार २ सय २७, माडी नगरपालिकामा १ हजार ४३ र इच्छाकामना गाउँपालिकामा १ हजार २ सय ४१ किशोरीले एचपिभी खोप लगाएको बताउनुभयो ।

चितवनमा खोप अभियानका लागि ४ सय ३३ वटा खोप केन्द्र, ४ सय ५५ जना स्वास्थ्यकर्मी र ९ सय १० जना स्वयंसेवक परिचालन गरिएको चितवनका भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताउनुभयो । उहाँले झन्डै ४ हजारभन्दा माथि एचपिभी खोप फिर्ता गरिएको पनि बताउनुभयो ।

सबैभन्दा बढी खोप भरतपुर वडा नं १० मा लगाइएको थियो । भरतपुर महानगरपालिकाको मातृशिशु क्लिनिकमा नियमित रुपमा खोप लगाउने काम भएको थियो । सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने किशोरीलाई लगाउन लगाइएको हो । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्ष उमेरका समुहका किशोरीलाई खोप लगाइएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८१ सोमवार - २१:२९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology