चितवन, फागुन १२ । शैक्षिक परामर्श केन्द्रको सुधारको माग राख्दै चितवनका तीन वटा विद्यार्थी संगठनले चितवनका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन र अखिल(क्रान्तिकारी) चितवनले जिल्ला प्रशासन कार्यालय पुगेर आज (सोमबार) आठ बुँदा सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
लोकतान्त्रिक विद्यार्थी संघ चितवनका कार्यवहाक अध्यक्ष पवन पाख्रिन, समाजवादी विद्यार्थी युनियनका संयोजक सुमन श्रेष्ठ र अखिल(क्रान्तिकारी) चितवनका संयोजक सविन खड्काले हस्ताक्षर गरिएको विज्ञप्तीमा प्रचारप्रसार गर्दा दर्ता नम्बर अनुमति नखुलाई भ्रामक अनिश्चित, अपुष्ट र आधारहीन विषय राखी प्रचारप्रसार गर्न बन्न गर्न समेत माग गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले विद्यार्थी संगठनले राखेको मागलाई सम्बोधनका लागि सम्बन्धित ठाउँमा पठाउने बताए । उनीहरुले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, गृहम मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल शैक्षिक परामर्श संघलाई समेत बोधार्थ पेश गरेका छन् ।