Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित

पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
पाथीभरा केबलकार विवाद चर्कियो, एसएसपी नेतृत्वमा प्रहरी परिचालित
images

९ फागुन, विराटनगर । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकारको विरोध र पक्षमा प्रदर्शन चर्किएपछि प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा टोली खटिएको छ ।

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केबलकारको विरोधमा रहेको पक्षले बिहीबार प्रदर्शन गर्दै निर्माणस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा १२ प्रहरीसहित १३ जना घाइते भएका थिए ।

बिहीबार नै मानव अधिकारकर्मी र रेडक्रसकर्मी सवार गाडीमा नो केबलकार पक्षले आक्रमण गरेको थियो । सो समूहको आक्रमणबाट सवारी चालक घाइते भएका छन् । प्रहरीका अनुसार पाथीभरा क्षेत्रमा केबलकार बनाउनु  पर्ने पक्ष र विपक्षमा रहेको समूह भेला भएका छन् ।

अवस्था जटिल बन्ने देखिएपछि प्रदेश प्रहरी कार्यालयबाट  समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा टोली खटिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजन अधिकारीका अनुसार दुवैपक्षसँग समन्वय गरेर अवस्था सामान्य बनाउनका लागि प्रदेशबाट टोली खटिएको हो । टोलीले पाथीभरा क्षेत्रको बस्तुस्थीति पनि अध्ययन गर्नेछ ।
पक्ष र विपक्षको समूह भेला भएपछि प्रहरीले पाथीभरा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । प्रहरी स्रोतका अनुसार नो केबलकार पक्षका करिब ३ सय जना पाथीभरा क्षेत्रमा छन् । यो समूहमा  राष्ट्रिय मुक्ती पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी छन् । केबलकार बनाउनुपर्छ भन्ने पक्षका करिब २ सय जना छन् ।

पक्षमा रहेको समूह केबलकार बनाउनुपर्ने अडानमा छ भने विपक्षमा रहेको समूह कुनैपनि हालतमा रोक्नुपर्ने अडानमा छ । पक्ष र विपक्षबीच झडपको स्थीति बनेपछि निर्माण क्षेत्रमा रहेको जेसिबी फिर्ता ल्याइएको छ ।

सरकारले गठन गरेको वार्ता समिति र नो केबलकार पक्षबीचको छलफल निष्कर्षमा नपुगेपछि पहिचानवादीहरु पाथीभरा क्षेत्रमा पदयात्रा गर्ने भन्दै पुगेका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - २०:०४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology