Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

बेहुला बेपत्ता भएपछि विवाह स्थगित

बेहुला बेपत्ता भएपछि विवाह स्थगित

images

इच्छाकामना न्युज

९, फाल्गुण २०८१
बेहुला बेपत्ता भएपछि विवाह स्थगित
images

धनगढी, फागुन ९ गते । बेहुला बेपत्ता भएपछि कञ्चनपुरमा विवाह स्थगित भएको छ । लालझाडी गाउँपालिका–४, पर्सियाको दीपकराज राना विवाहको चार दिनदेखि बेपत्ता भएपछि विवाह स्थगित गरिएको हो । वैदेशिक रोजगारीबाट फर्किनुभएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–६, कसरोलकी सुमित्रा रानासँग लगनगाँठो तय भएको थियो । 

फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन् । रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएको छ । आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन् । आफ्नो विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट भाइ (बेहुला) सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताउनुभयो । “सबै तयारी पूरा भइसकेको थियो । भाइ र मैले दुवै जना खटेर आफन्तलाई निम्तोसमेत बाँडिसकेका थियौँ,” उहाँले भन्नुभयो, “कोट लिन धनगढी गएको भाइ माघ ३० बाट सम्पर्कविहीन छन् ।” 

रानाका अनुसार धनगढीमा कोट किनेर बेहुला धनगढीमै बस्ने आफ्नो भान्जाभान्जीको कोठामा खाना खान जानुभएको थियो । “कोट भान्जाभान्जीकै कोठामा राखेर घर जान्छु भनेर त्यहाँबाट निस्केका भाइ त्यसपछि अहिलेसम्म सम्पर्कमा छैन,” उहाँले भन्नुभयो, “के भयो, कुन अवस्थामा छ, हामी अन्योलमा छौँ । कतै केही नराम्रो त भएको छैन भनेर डर पनि लागिरहेको छ ।” सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले जानकारी दिनुभयो । उहाँले भाइको खोजीका लागि कञ्चनपुरको बेलौरी प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीमा आग्रह गरेको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराले सम्पर्कविहीन दुलहा खोजीकार्यका लागि मौखिक जानकारी आएको बताउनुभयो ।    

images
प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - ०८:४२:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology