Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

चेपाङ संघ चितवनको अध्यक्षमा भीमबहादुर चेपाङ पुनः निर्वाचित

चेपाङ संघ चितवनको अध्यक्षमा भीमबहादुर चेपाङ पुनः निर्वाचित

images

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
चेपाङ संघ चितवनको अध्यक्षमा भीमबहादुर चेपाङ पुनः निर्वाचित
images

चितवन । नेपाल चेपाङ संघ चितवनको अध्यक्षमा पुनः भीमबहादुर चेपाङ चयन भएका छन् । रत्ननगरस्थित नेपाल चेपाङ संघको केन्द्रीय कार्यालयमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट भीमबहादुर चेपाङकै नेतृत्वमा हाललाई १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङका अनुसार १७ सदस्यीय कार्यसमिति हुनुपर्नेमा हाललाई १४ सदस्य चयन गरिएको हो । ‘बाँकी तीन सदस्य पछि मनोनित गर्ने छन्,’ उनले भने, ‘त्यसकारण हाललाई १४ सदस्यीय कार्यसमिति मात्रै चयन गरिएको हो ।’ समितिको उपाध्यक्षमा इन्द्रजीत चेपाङ, सचिवमा सौरभ चेपाङ, सहसचिवमा सुजेन्द्र चेपाङ र कोषाध्यक्षमा सूर्यबहादुर चेपाङ चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा भने विकास चेपाङ, राजबहादुर चेपाङ, कृष्णबहादुर चेपाङ, गयासिंह चेपाङ, सफल चेपाङ, सारा चेपाङ, हिक्मत चेपाङ, गोपाल चेपाङ र जगतबहादुर चेपाङ चयन भएको संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। नेपालको सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ जाति चितवनसहित २६ जिल्लामा फैलिएको छ ।

तर, विशेष गरी चितवन, मकवानपुर, धादिङ र गोरखा चेपाङ जातिको मुुख्य बसोबास रहेको जिल्लाभित्र पर्दछन् ।

पछिल्लो समय विभिन्न कारणले यिनै क्षेत्रबाट अन्य जिल्लामा समेत बसोबास गर्न थालेपछि हाल २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - ११:२२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology