Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा दरबार सङ्ग्रहालय : ऐतिहासिक अध्ययनको केन्द्र, पर्यटकहरूको आकर्षण

गोरखा दरबार सङ्ग्रहालय : ऐतिहासिक अध्ययनको केन्द्र, पर्यटकहरूको आकर्षण

इच्छाकामना न्युज

८, फाल्गुण २०८१
गोरखा दरबार सङ्ग्रहालय : ऐतिहासिक अध्ययनको केन्द्र, पर्यटकहरूको आकर्षण
images

गोरखा । गोरखा दरबार सङ्ग्रहालय, नेपालको एकीकरण इतिहास झल्काउने गौरवमय स्थल, आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य बन्दै गएको छ।

images
images

पछिल्लो आठ महिनामा मात्र ७५ हजारभन्दा बढी पर्यटकहरूले यस ऐतिहासिक थलोको अवलोकन गरेका छन्। सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा ७५ हजार ७९१ जना पर्यटकहरूले यहाँ भ्रमण गरेका छन्।

तीमध्ये शैक्षिक भ्रमणका लागि आउने विद्यार्थीहरूको संख्या सबैभन्दा बढी छ। प्रमुख कार्की भन्छन्, "नेपाल एकीकरणको गौरवशाली इतिहास बुझ्न चाहने विद्यार्थीहरूका लागि गोरखा दरबार सङ्ग्रहालय एक महत्त्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।" विशेष गरी शैक्षिक भ्रमणको सिजनमा देशभरिका विद्यालय तथा कलेजका विद्यार्थीहरू यहाँ भित्रिने गर्छन्।

विद्यार्थीहरूको मात्र होइन, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका साथै तेस्रो मुलुकका पर्यटकहरू पनि यस सङ्ग्रहालयको ऐतिहासिक सम्पदासँग रमाउने गरेका छन्। सङ्ग्रहालयको तथ्यांकअनुसार पछिल्लो आठ महिनामा ४३ हजार ८४८ जना विद्यार्थी, ३० हजार ७०४ जना आन्तरिक पर्यटक, एक हजार १६६ जना तेस्रो मुलुकका पर्यटक तथा ७३ जना सार्क राष्ट्रका नागरिकहरूले भ्रमण गरेका छन्।

सङ्ग्रहालयमा नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहका साथै शाहवंशीय राजाहरूको इतिहास झल्काउने अद्भुत सामग्रीहरूको प्रदर्शन गरिएको छ। यहाँ पृथ्वीनारायण शाहको चिना, प्राचीन भाँडाकुँडा, मानापाथी, ऐतिहासिक हातहतियारहरू तथा कलात्मक संरचनाहरू अवलोकन गर्न सकिन्छ। तीनमुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा यस सङ्ग्रहालयको विशेष आकर्षणका रूपमा रहेका छन्।

इतिहास मात्र नभई संस्कृतिको सङ्ग्रहालयका रूपमा समेत परिचित यस दरबारमा विभिन्न जातजातिको संस्कृति झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्ष लगायतका १२ प्रदर्शनी कक्षहरू रहेका छन्।

विसं २०६५ देखि सञ्चालनमा आएको गोरखा दरबार सङ्ग्रहालय आज पर्यटक तथा अनुसन्धानकर्ताहरूका लागि ऐतिहासिक अध्ययनको अभिन्न थलो बनिसकेको छ। नेपालको गौरवशाली इतिहासलाई आत्मसात् गर्न चाहने जो-कोहीका लागि गोरखा दरबार सङ्ग्रहालय एउटा अविस्मरणीय अनुभव प्रदान गर्ने स्थल हो।

images
प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - ०७:३०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology